
अछाम : मंगलसेन नगरपालिकाका बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ ।
सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाले छाक टार्न समेत नपाएका मंगलसेन नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्ने बादी परिवारलाई राहत वितरण गरिएको हो ।
समाजसेवी एच वि ताम्राकारको पहल र अछामका युवाहरूको पहलमा वादी समुदायका ६ परियार लाई १ सय ८० केजी चामल, १÷ १ केजी दाल, २÷२ केजी नुन, साबुन तेल १२० वटा मास्क, जिरा, धनियाँ, लगायत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय मानवता समूह अछामका संयोजक अर्जुन लुहार, रिदम बि सी र राजेश बिक लगायतका युवाहरूद्वारा राहत वितरण गरिएको हो ।

