कमल रावल जेठ १२ अछाम नेपाली काग्रेसका नेता बल बहादुर कुवरले अछाम क्षेत्र नम्बर २ का गौरबका आयोजनाले प्राथमिकता पाउन नसकेको बताउनु भयो ।
पुर्वि क्षेत्रलाई बिकासमा जोडने भौतिक पुर्वाधार र कृषि क्षेत्रमा अझै उपलब्धी हासिल गर्न नसकिएको बताउनु भयो ।
रेडीयो रामारोशनको रामारोशन चौतारी कार्यक्रममा बोल्दै महासमिति सदस्य समेत रहेका नेता कुवरले २०७० सालको सविधान सभाको निर्वाचन जनताको माझमा जादा परिकल्पना गरेका योजना अहीले झन अलपत्र परेका बताउनु भयो ।
प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनीधीले ति गौरबका योजनालाई कुल्चिएर अघि बढेका बताउनु भयो । लोडेघाट, जगलघाट, कोलीमरा टटालीलाई जोडने पक्कीपुल बनाउने आफ्नो परिकल्पना अधुरो रहेको बताउनु भयो ।
पुल बनेपछी पुर्बि क्षेत्रको कृषि उपजले कैलालीमा बजार पाउनेमा जोड दिदै सबैले त्यसतर्फ अग्रसर हुन आग्रह गर्नु भयो ।
युवालाई गाउमै रोजगार बनाउका लागी हरेक स्थानिय तहले कृषि पकेट क्षेत्र घोषणा गर्दै बजेट विनियोजन गर्न आग्रह गर्नु भयो ।
नेपाली काग्रेसको तर्फबाट २०७० सालमा क्षेत्र नम्बर २ बाट सविधान सभा सदस्य उम्मेद्धार र २०७४ मा प्रदेश सभा क को उम्मेद्धार समेत बनेका नेता रावलले जिल्लाका हरेक समस्यामा जनताको साथमा रहेको बताउनु भयो ।
यसबेलाको महामारीका हरेक जनतालाई सजग र सचेत बन्दै स्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्न आग्रह गर्नु भयो ।