३ लाख २६ हजार बढी रकम जिल्ला अस्पताल र कमलबजार पिसिआरलाई हस्तान्तरण

कमल रावल जेठ १२ अछाम : कोरोनाभाईरसको सँक्रमण तथा जोखिम बढिरहेका बेला अछाममा जनस्तरबाट सुरु भएको आर्थिक रकम संकलन अभियान मार्फत संकलित रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला अस्पताल मंगलसेनलाई आवश्यक अक्सिजन, स्वास्थ्य सामाग्री र कमलबजार नगरपालिकाद्वारा संचालित पिसिआर ल्यावलाई आवश्यक पर्ने आर्थिक सहयोग गर्ने उदेश्यका साथ जनस्तर बाट अभियान संचालन गरि अहिलेसम्म सँकलित ३ लाख २६ हजार बढि रकम हस्तान्तरण गरिएको छ ।

सामाजिक सेवाका साथ युवा अगुवा अभियान्ता शिद्ध प्रसाद ढुगानाले थालेको अभियान मार्फत झण्डै ३७ जनाबाट सँकलित रकम ढुगानाकै जन्म दिनको अवसरमा हस्तान्तण गरिएको हो ।

जस अन्तर्गत २ लाख २६ हजार ४ सय ६१ रुपैया उधोग बाणिज्य संघ अछामका पुर्व अध्यक्ष एवम समाजसेवी चन्द्र प्रसाद ढुंगानाले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाललाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

साथै सोही अवसरमा १ लाख रुपैयाको चेक अछाम सार्वजनिक यातायात प्रालिका अध्यक्ष झंकर प्रसाद भाटले कमलबजार नगरपालिकाका स्वास्थ्य शाखा चक्र बहादुर बिष्टलाई हस्तान्तरण गर्नु भएको थियो ।

आर्थिक रकम सहयोग अभियान अहिलेसम्ममा सबै भन्दा धेरै आर्थिक रकम वन तथा वातावरण मन्त्री प्रेम आले र अछाम सार्वजनिक यातायात प्रालिको तर्फबाट १/१ लाख सहयोग प्राप्त भएको अगुवा ढुगांनाले बताउनु भयो ।

सामाजिक सेवा भावनाको साथ सँन्चालन गरेको अभियान रको नेतृत्व गर्न पाउँदा खुसी लागेको बताउदै अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद अझै पनि सबैलाई सहयोग गरिदिन आग्रह गर्नु भयो ।

सहयोगी अभियानमा जोडिएका ब्यक्तिको नामावली यसप्रकार रहेको छ।
१) सिद्ध प्रसाद ढुंगाना रु ५०००/
२) डम्बर स्वार रु २०००/
३) राजेश भाट रु ११११/
४) जगत ओड रु ५००/
५) डम्बर विसी रु ११०५/
६) धन बहादुर केसी रु २५२५/
७) शैलेश ढुंगाना रु ५०००/
८) नगेन्द्र जङ्ग कुवर रु १५००/
९) भिम बोगटी रु २१००/
१०) रमेश कठायत रु ५१००/
११) सुरेन्द्र सोडारी रु ५०००/
१२) खेम राज रेग्मी रु ५०००/
१३) रिदम विसी रु १५५५/
१४) नारायण ढुंगाना रु १०००/
१५) सरिता कुँवर रु २०००/
१६) लक्ष्मण शाही रु २०००/
१७) नमराज न्यौपाने रु २५००/
१८) तारामान धामी रु १११००/
१९) नृप सुवेदी रु १११०/
२०) धन राज साँउद रु ५०००/
२१) योगेन्द्र तिमिल्सिना रु ५०००/
२२) पुस्प रावल रु ५०००/
२३) दिपेन भण्डारी रु १०००/
२४) गोरख भण्डारी रु १५०५
२५) पुस्प केसी रु २००५/
२६) कलावती जोशी (ढुंगाना) रु ३०००/
२७) भोज राज ढुंगाना (विराज) रु १०००/
२८) रतन भाट रु १०००/
२९) भिम प्रसाद भाट रु १०२०/
३०) प्रभुनाथ देवकोटा रु ५०००/
३१) ठन्डराज भाट रु २१२५/
३२) सुरज ढुंगाना रु १५००/
३३) कृष्ण प्रसाद भण्डारी रु २०००/
३४) अछाम सार्वजनिक यातायात प्रा.ली रु १०००००/
३५) उत्तम प्रसाद ढुंगाना रु १०१००/
३६) वन तथा वातावरण मन्त्री माननिय प्रेम आले रु १०००००/
३७) हंस राज भाट रु २३०००/
जम्मा: ३२६४६१ (अक्षेरुपी तिन लाख छब्बिस हजार चार सय एकसट्टी मात्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button