मंगलसेनको कृषि हाटबजार १ हप्ताका लागि सिल

कमल रावल, जेठ १३ अछाम मंगलसेन बजारको कृषि हाटबजारलाई १ हप्ताका लागि सिल गरिएको छ ।

मंगलसेनको कृषि हाटबजार

कोरोनाभाईरसको संक्रमण तथा जोखिम उच्च बिन्दुमा पुुगेका बेला हाटबजारका अधिकांश ब्यापारीलाई समेत कोरोना संक्रमण पुष्टि भएपछी मंगलसेन नगरपालिकाले १ हप्तासम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

जेठ ९ गते संकलन गरेको स्वाबमा १२ गते प्राप्त रिपोर्टमा अधिकांशलाई पुष्टि भएको र हाटबजार आवातजावात बढि हुने क्षेत्र भएकाले जेठ १३ गते देखि २० गतेसम्म सिल गरिएको नगरपालिकाका सुचना अधिकारी विष्णु प्रसाद जैसिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button