अछाममा काेराेना संक्रमणबाट एक पुरुषकाे मृत्यु

टेकराज भण्डारी अछाम : अछाममा काेराेना भाईरसकाे संक्रमणका कारण थप एक जना पुरुषकाे मृत्यु भएको छ ।

जिल्लाको चाैरपाटी गाउँपालिका वडा नम्बर ४ का ६२ बर्षका पुरुषकाे काेराेना भाइरसकाे संक्मणका कारण ज्यान गएकाे जिल्ला स्वास्थ्य कार्यालय अछामका काेभिड सम्पर्क व्यक्ति मीनबहादुर कुँवरले जानकारी दिनु भयाे ।

काेराेना भाईरस संक्रमणका लक्षण सहित स्वास्थ्यमा समस्या आएपछि उहाँलाई उपचारका लागि चाैरमाण्डाैँ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियाे ।

हिजाे उपचारमा लगिएका उहाँको एन्टिजेन विधिबाट परिक्षण गर्दा हिजाे राति काेभिड-१९ काे संक्रमण पुष्टि भएको थियाे ।

थप उपचारकाे लागि हिजै राति वयालपाटा अस्पताल ल्याईएका उहाँकाे आज बिहिवार दिउँसाे सवा १२ बजे ज्यान गएकाे काेभिड सम्पर्क व्यक्ति कुँवरले बताउनुभयो ।

याे संगै अछाममा काेराेना महामारीकाे दाेस्राे लहरमा ज्यान गुमाउनेकाे संख्या १६ सहित जम्मा ज्यान गुमाउनेकाे संख्या २१ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button