अछाममा बिहिबार ८० जनामा काेराेना, ७५ जना निकाे

टेकराज भण्डारी अछाम : अछाममा बिहीबार थप ८० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पीसीआर र एन्टिजेन परिक्षण गरि ८० जनामा काेभिड-१९ काे संक्रमण देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पीसीआर प्रयाेगशालामा गरिएको परिक्षणमा परिक्षणमा ६४ जना र एन्टिजेन परिक्षणमा १६ जना गरि ८० जनामा काेभिड-१९ संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ९६ नमुना परीक्षण गरीएकामा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

तुर्माखाँद गाउँपालिका, बयालपाटा अस्पताल र कमलबजार पिसीआर प्रयोगशालामा मार्फत ९६ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १७ जना महिला र ४७ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ३, ४, ६ र ७ का १० जना महिला र २७ जना पुरुष गरी ३७ जनामा संक्रमण देखिएको छ ।

यस्तै साँफेबगर नगरपालिका वडा नम्बर ३, ४, ६, ७ र १० का ५ जना महिला र १० जना पुरुष गरी १५ जना, कमलबजार नगरपालिका वडा नम्बर १, २, ५ र ६ का १ जना महिला र ७ जना पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलसेन नगरपालिका वडा नम्बर ३, ५, ८ र १२ का १ महिला ३ जना पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ३६ जनाकाे एन्टिजेन परिक्षणमा १६ जनामा संक्रमण देखिएकाे छ । याे संगै अछाममा ३७ सय १९ जनामा काेभिड-१९ संक्रमण देखिएकाे छ ।

दाेस्राे लहरमा मात्रै २ हजार ४७ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमा १४ सय ७५ जना निकाे भईसकेका छन् ।

आज बिहिवार मात्रै जिल्लाका ७५ जना निकाे भएका छन् । जिल्लामा हालसम्म ३१ सय ४२ जना निकाे हुँदा २१ जनाकाे ज्यान गएकाे छ ।

अछाममा काेराेना महामारीकाे दाेस्राे लहर शुरु भएको गत बैशाख ५ गतेदेखि हालसम्म मात्रै १६ जनाकाे काेराेना भाईरसकाे संक्रमणका कारण ज्यान गैसकेकाे छ ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ८ सय ४९ जनाको कोरोना परीक्षण गर्दा २ हजार १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button