छाउपडि कुप्रथा समाज परिवर्तनको बाधक हो : अछामका सरोकारवाला

कमल रावल, अछाम : अछाम : छाउपडि कुप्रथा अन्त्य नभएसम्म समाजमा परिवर्तन सम्भव नभएको एक कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन ।

महिनावारि हुने उमेर समुहका किशोरी तथा महिलाको समस्या मात्रै नभएर समाजको समस्या भएकाले कुप्रथा विरुद्ध सबै एकजुट भएर अघि बढनु पर्ने बताउनु भयो ।

बिश्व महिनावारी स्वच्छता व्यवस्थापन दिवस २०२१ को अवसरमा सरोकारवाला बिच भएको रेडीयो बहस कार्यक्रममा बोल्दै मँगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले महिनावारि स्वच्छता सहित ब्याबस्थापनका लागि नगरले योजना बनाएर अघि बढिरहेको बताउनु भयाे ।

छात्राका बिदयालय तहमा आउने समस्यालाई समेत मध्येनजर गर्दै नगरपालिकाले बिदयालय नर्सिङ कार्यक्रम समेत १ बर्ष अघि नै सँन्चालन गरेको बताउनु भयो । छात्रालाई सेनेटरी प्याड ब्याबस्थापनका लागि आउने समस्यालाई समाधानका लागि आगामि दिनमा भौतिक पुर्वाधारमा समेत जोड दिने बताउनु भयो ।

कोरोनाभाईरसको सँक्रमण तथा ज‍ोखिमका कारणले जुम माध्यमबाट गरिएको छलफलमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि तुलसिराम अर्यालले जिल्लामा करिब ६ हजारको हाराहारीमा अब्यबस्थित असुरक्षित छाउगोठ भत्काईएको जानकारी दिनु भयो ।

कोरोनाको कहर कम हुँदै गएमा पुनह अनुगमन सहित छाउगोठ भत्काउने अभियानलाई अघि बढाउने बताउनु भयो । छलफलमा जिल्ला अस्पताल अछामका नर्सिङ ईन्चार्ज तथा सुचना अधिकारी गंगा बुढामगरले छाउगोठमा बस्दा आमा मात्रै नभएर बालबालिकाका समेत शारीरिक मानसिक समस्या आउने भएकाले प्रथा अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।

गोठ बस्दा हुने असर सहित पोषिलाे खाने कुरामा जहिले पनि जोड दिनका लागि सेवाग्राहीलाई सचेतना दिने गरेको बताउनु भयो । कार्यक्रममा अधिरकारकर्मि तथा पत्रकार मेनुका ढुगाँनाले गोठको पीडा वास्तविक भोगेकालाई थाहा हुने भएकाले कुरा भन्दा पनि ब्यबहारमा सबैले लागू गर्नुपर्ने बताउनु भयो ।

प्रशासनिक निकाय, सन्चार क्षेत्रले मात्र आवाज उठाएर समस्या समाधान नहुने भएकाले वडातहबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले समेत आफनो भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । UNFPA, फाया नेपाल धनगढी कैलालीको सहयोग तथा रेडियो रामारोशनको सहजिकरणमा भएको छलफलमा सहभागी महिनावारी हुने उमेर समुहका किशोरी तथा युवतिले पहिले भन्दा केही परिवर्तन भएतापनि अझै उपलब्धि गाउमा हासिल नभएको बताउनु भयो ।

आगामि दिनमा स्थानिय सरकारले योजना सहित अघि बढनु पर्ने देखिएकाले त्यस तर्फमा कार्यक्रम हुनुपर्नेमा जोड दिएका थिए ।

रेडियो रामारोशनका सहायक स्टेसन म्यानेजर कमल रावलले सहजिकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button