अछाममा शुक्रबार ५५ जनामा काेराेना संक्रमण

टेकराज भण्डारी जेठ १४, अछाम अछाममा शुक्रबार थप ५५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परिक्षणमा ४३ जना र एन्टिजेन परिक्षणमा १२ जनामा काेराेना भाईरसकाे संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयो । आज ३ जना काेराेना संक्रमित निकाे भई घर फर्केकाे समेत उहाँले बताउनु भयाे ।

२० जनामा एन्टिजेन परिक्षण गरिएकोमा १२ जना तथा कमलबजार पिसीआर प्रयाेगशालामा ५३ नमुना परीक्षण गरीएकामा ४३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलसेन नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका मार्फत स्वाब संकलन गरि गरिएको परिक्षणमा १८ जना महिला र २५ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिनुभयो । 

आज थपिएका संक्रमितमध्ये जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ वडा नम्बर १२ बान्नातोलीका ३१ जना रहेका छन् । उक्त वडाबाट नगरपालिकाले ३२ जनाको स्वाव संकलन गरी परिक्षण गराएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको हाे । 

संक्रमित १३ महिला र १८ जना पुरुष रहेका छन् । यस्तै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ६ का ४ जना महिला र ७ जना पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी बिष्टले बताउनुभयो । उहाँका अनुसार कमलबजार नगरपालिका वडा नम्बर १ का १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ९ सय २ जनाको कोरोना परीक्षण गर्दा २ हजार २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम जिल्लामा हालसम्म जम्मा ३७ सय ७४ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।

जसमध्ये ३१ सय ४५ जना निकाे भई घर फर्केका छन् भने २१ जनाकाे ज्यान गएकाे छ । हाल जिल्लामा ६ सय ८ जना काेभिड -१९ का सक्रिय बिरामी छन् ।

 सक्रिय बिरामी मध्ये १६ जना अस्पतालकाे आईसाेलेशनमा रहेका छन् भने ५ सय ८३ जना हाेम आईसाेलेशन (घरमै एकान्तबास)मा रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button