पालिका स्तरीय भलिवल प्रतियोगीताको उपाधी जगत जनरल स्टोर धारासैनलाई

दर्नामा सम्पन्न भएको पालिका स्तरीय भलिवल प्रतियोगीताको उपाधी जगत जनरल स्टोर धारासैनले हाँसील गरेको छ ।

पञ्चदेवल अनुरा युवा क्लव दर्नाको आयोजनामा भएको पालिका स्तरिय भलिवल प्रतियोगीतामा आयोजकलाई पराजीत गर्दै जगत जनरल स्टोरले उपाधी हाँसील गरेको हो ।

दर्नाको माझेठानामा भएको प्रतियोगीतामा उपाधी हाँसील गरेको जगत जनरल स्टोरले ५० हजार १ सय सहित मेडल टर्फि हात पारेको छ । २७ वटा टिमको सहभागीता रहेको खेलमध्य पञ्चदेवल अनुरा युवा क्लवका गोवीन्द बिकले उत्कृष्ट खेलाडिको उपाधी हात पारेका छन ।

यस्तै अनुशासन तर्फ महेश टमट्टा,राईजींग खेलाडी तर्फ कमल कठायत,उत्कृष्ट स्पाईकरमा जगत जनरल स्टोरका बिन्दुराज खत्री,उत्कृष्ट लिफ्टरमा अर्जुन ढुंगाना,उत्कृष्ट ब्लकर रोशन अधिकारी,उत्कृष्ट लिव्रोमा आयोजकका रुप कठायतले उपाधी हाँसील गर्न सफल भएका छन ।

यसै बिच बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका वडा अध्यक्ष कृष्ण कडायतले खेलकुद क्षेत्रको बिकासका लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

खेलकुद प्रतियोगीताको समापन कार्यक्रममा प्रमुख अथिति रहनु भएका वडा अध्यक्ष कडायतले दर्नामा हरेक बर्षको दिपावलीमा खेलकुद प्रतियोगीता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

क्लवका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा भएको खेलकुद प्रतियोगीताको समापन कार्यक्रममा बान्नीगढी जयगढ गाउँ कार्यपालिका सदस्य केशर बिक बिशिष्ट अथिति रहनु भएको थियो ।

भने कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य नयन बहादुर शाह,नरेन्द्र साउँद,नेपाली कांग्रेसका जिल्ला कार्य समिति आमन्त्रीत सदस्य ललित साउँद वडा सभापति दिपक शाह,चक्र शाह लगायतका अथिति रहनु भएको थियो । कार्यक्रमको संचालन गोकुल ठकुल्लाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button