महामारीका बेला अस्पताललाई सहयोग गर्न कञ्झुस्याई नगरौँ : नगर प्रमुख कुँवर

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

नगरले आफै सिलिण्डर खरिद गरेर सिलिण्डर संगै ७ थान रेगुलेटर समेत अस्पताललाई दिएको नगरप्रमुख कुल बहादुर कुँवरले बताए ।

नगर प्रमुख कुँवरले अस्पतालले कोरोना महामारी संग निरन्तर संघर्ष गर्दै यस क्षेत्रका जनताको उपचारमा क्रियाशिल रहेकाले आफुले उपकरण लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोग गरिरहेको बताए ।

बयालपाटा अस्पतालले प्रदान गरिरहेको सेवामा कुनै कमि हुन नदिन आफु निरन्तर लागिपरेको र सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए ।

अब अस्पतालमा अक्सिजनको कमि हुन नदिन खाली भएका सिलिण्डरलाई भर्न पनि पहल गुर्नपर्ने उनले बताए ।

जिल्लामा दुई अस्पतालले प्रशंसनिय सेवा दिईरहेको भन्दैँ सबै क्षेत्रबाट सहयोग गर्नुपर्नेमा कुँवरको जोड छ । अहिले सम्म सहयोग गर्ने सबै मनहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

जिल्लाका अरु पालिकाले पनि यतिबेला कुनै कञ्झुस्याई नगरी अस्पतालहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरे । अछामी जनता बचाउनको लागि जसरी दुई अस्पताल सक्रिय छ्न हामीले पनि तिनिहरुको व्यावस्थापन पक्ष कस्तो छ के कस्तो सहयोग आवश्यक पर्छ भनेर ध्यान दिनुपर्ने उनको भनाई थियो ।

भेरी अस्पतालमा भएको घट्ना एकदमै निन्दनीय छ : नगर प्रमुख कुँवर

एक अर्को प्रशंगमा बोल्दै नगर प्रमुख कुँवरले भेरी अस्पताल नेपालगंजमा भएको घट्ना एकदमै निन्दनीय भएको बताए । कोरोनाबाट जनता बचाउन सबै भन्दा ठुलो भुमिका स्वास्थ्यकर्मीको छ नगर प्रमुख कुवँरुले भने उनिहरुलाई हौसल्ला र प्रोत्साहन दिनुपर्ने बेला हातपात हुनु दुखद हो ।

स्वास्थ्यकर्मी आफै संक्रमित भएर संर्घष गरिरहेका बेला उनिहरुमाथी नै यस्तो प्रकारको घट्ना हुनु लज्जास्पद भएको भन्दै त्यस्ता व्यक्तीहरुलाई कडा कारबाही हुनुपर्नेमा उनको जोड थियो ।

यस्तै बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकिस्ता निर्देशक डा. मन्दीप पाठकले साँफेबगर नरगपालिकाको नियमित सहयोगका लागि धन्यवाद दिएका छन् । आज उपलब्ध भएका सिलिण्डरले थप राहत हुने उनको भनाई थियो ।

उनले पनि भेरी अस्पतालमा भएको घट्ना प्रति दुख व्यक्त गरेका छन् । यस्तो प्रकारको घट्नाले हामी सबै स्वास्थ्यकर्मीको मनोबल झन कम्जोर बनाएको उनले बताए ।

यस्ता घ्टना दोहोरिन नदिन सबै पक्षले स्वास्थ्य सेवालाई बुझ्न जरुरी रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button