मिर्गाैला पीडित पत्रकार क्षेत्रीद्वारा सहयोगको अपील 

अछाम : मृगौला प्रत्यारोपण गर्नुपर्ने रकमको अभावमा छटपटाइरहेका अछामका पत्रकार ध्रुव बिसी क्षेत्रीले सहयोगको अपिल गरेका छन् ।

वैकल्पिक उपचार विधि अपनाउँदा एक वर्ष बितिसकेको र यसबीचमा १८ लाख रुपैयाँ सकिएपछि आफु निकै समस्यामा परेको क्षेत्रीले बताएका छन् ।

आर्थिक रुपमा आफु समस्यामा परेको र अब मृगौला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै उनले सहयोगीहरुबाट रकम सहायताको अपेक्षा गरेका छन् ।

उनले भनेका छन्, ‘जीवनको यो अन्तिम घडीमा एक पटक यहाँहरुबाट सहयोगको आस गरेको छु मलाई बचाउनु होस ।’ उनलाई निम्न खातामा रकम पठाएर सहयोग गर्न सकिने छ ।

उनले सार्वजनिक गरेको विवरण अनुसार ‘इसेवा आइडी ९८५११३०९६५’ वा नेपाल एसबीआई बैंकको भक्तपुर शाखामा रहेको ध्रुव बिसी नामको २०७१५२४१४०५६५४ वा कृषि विकास बैंकको मंगलसेन अछाममा रहेको ध्रुव बिसी नामको बैंक खाता ०८२२६०११०९८४४०२६ मा रहेको खातामा रकम पठाएर सहयोग गर्न सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button