कोरोनाबाट जनतालाई सचेतताको लागि नगर प्रमुख कुँवर बस्तिमा

अछाम : साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर आफैं वस्तिमा पुगेर जनतालाई कोरोना भाइरसबाट बच्नको लागि सचेतता दिन थाल्नुभएको छ ।

विहिबार साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडमा पुगेर जनतालाई सरकारद्वारा जारी गरिएको निषेधाज्ञा पुर्ण रूपमा पालन गर्नको लागि जनतालाई सचेतिकरण गर्नुभएको छ ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलाई सँगै लिएर नगर प्रमुख कुँवरले जनतालाई कोरोना भाईरसबाट बच्न र बचाउनको लागि नगर प्रमुख कुँवर अग्रपंतिकमा खटिनु भएको छ । 

खप्तडमा पुग्नु भएका नगर प्रमुख कुँवरको उपस्थितिमा साँफेबगर नगरपालिकाबाट गएका स्वास्थ्यकर्मीलाई स्वाँव संकलन गरेका थिए । स्वाँव संकलन पछि स्थानीयलाई सचेतिकरण गर्दै कोरोना भाइरसको स्वाँवको रिपोर्ट नआउदासम्म घरमै सुरक्षित बस्नको लागि सुझाव दिनुभएको छ ।

उहाँले जनताको ज्यान बचाउनको लागि नगरले पूर्ण रुपमा पहल जारी राखेको बताउँदै अनावश्यक रुपमा हिड्डुल नगर्नको लागि सम्पूर्णलाई आग्रह गर्नुभएको छ । उहाँले नागरिकको सुरक्षाको लागि नगरपालिकाले गर्नु पर्न सहयोगमा कुनै कसर बाँकी नराख्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

यो विपत्तिको बेला सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ । स्वास्थ्यमा बढी समस्या देखिएमा साँफेबगर नगरपालिकामा सम्पर्क गर्नको लागि आग्रह समेत गर्नुभएको छ ।

नगर प्रमुख कुँवरले कोरोना भाईरसबाट वढी प्रभावित समुदायको वयलपाटा अस्पतालमा उपचार हुने गरेको जानकारी पनि दिनुभएको छ । वयलपाटा अस्पतालमा उपचार सम्भव नभएमा वाहिर रेफर गर्नको लागि नगरले पहल गर्ने समेत नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

यस अघि नगर प्रमुख कुँवरले साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथमा आइसोलेशनमा बसेका संक्रमितलाई घरघरमै गएर भेटघाट गरेर औषधीसँग समस्यामा रहेका संक्रमितका परिवारलाई खाद्यान्न वितरण पनि गर्नुभएको थियो । 

सचेतिकरण कार्यक्रममा खप्तड पुग्नभएका ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले निषेधाज्ञाको पुर्ण रूपमा पालन गर्नको लागि सम्पुर्ण नागरिकलाई आग्रह गर्नुभयो । उहाँले निषेधाज्ञाको पुर्ण पालना गरेर आफू र जनतालाई बचाउन सुझाव दिनुभयो ।

निषेधाज्ञाको पालन नभएका कानून वमोजिम कार्वाही हुने ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक जोशीले चेतावनि समेत दिनुभएको छ ।

सचेतिकरण कार्यक्रम तथा स्वाँव संकलनको लागि  खप्तड पुग्नुभएका साँफेबगर स्वास्थ शाखा प्रमुख पुष्प बुढाले कोरोना भाईरसबाट बच्नको लागि घर बाहिर ननिस्कन सुझाव दिनुभएको छ । अत्याआवश्यक कामको लागि वाहिर निस्कनु परेमा मास्कको प्रयोग गर्ने , साबुनपानीले हात धुनको लागि आग्रह गर्नुभएको छ ।

यस्तै टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, पखाला लाग्ने, सास फेर्न कठिन हुने लगायतका लक्षण देखिएमा तुरुन्त परिक्षण गर्न पनि उहाँको सुझाव रहेको छ।

उहाँले हप्ताको दुई दिन सोमबार र बिहिवार बयलपाटा अस्पतालमा स्वाँव संकलन हुदै आएको जानकारी दिनुभएको छ । वडामा कोरोना भाईरसका वढी समस्या देखिएमा वडामा पूनः आएर पनि स्वाव संकलन हुने जानकारी दिनुभएको छ ।

साँफेबगर नगरपालिकाले यस अघि वडा नम्बर १ वैजनाथ, वडा नम्बर ३ सिद्देश्वर, वडा नम्बर ९ वुढाकोट, वडा नम्बर १० घुघुरकोट, वडा नम्बर १३ खप्तड यस अघि नै बस्तिमा पुगेर स्वाँव संकलन भएको स्वास्थ्य शाखा प्रमुख वुढाको भनाई रहेको छ । दोस्रो चरणमा साँफेबगर नगरपालिकाले ७ सय जनाको स्वाव संकलन गरेको छ ।

सचेतिकरण कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष प्रकाश राना, वडा नम्बर १३ का अध्यक्ष सागर सिंह बाब्ली, जनस्वास्थ्य निरिक्षक लक्ष्मणनाथ योगि, नेपाल पत्रकार महासघका सुदुरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर, पत्रकार डण्डिराज भट्ट लगायतको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button