आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज  ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् 

प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो। आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button