राँगोले हान्दा डोटीमा एक जनाको ज्यान गयो

कात्तिक ३०, डोटी डोटीको आदर्श गाउँपालिका १ मा राँगोले हान्दा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र बहादुर मल्लका अनुसार राँगोले हान्दा ज्यान गुमाउनेमा ४० वर्षीय चक्र साउद रहेका छन् ।

शनिबार दिउसो राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा शनिबार राति दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा ज्यान गएको हो । मृतक साउदको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरीले जनाएको छ । राँगोले हान्दा साउदको टाउको र छातीमा चोट लागेको थियो ।
उज्योला अनलाईन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button