बान्निगढी जयगढ गाउँपालिकाद्वारा बजार अनुगमनमा तिब्रता

अछाम : अछाम जिल्लाको बान्निगढी जयगढ गाउँपालिकाले बजार अनुगमनको कार्यलाई तिब्रता दिएको छ ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सङ्क्रमणका कारण निषेधाज्ञा लागू गरिएको अछाममा पछिल्लो समयमा बजारमा ब्यावसायीहरुले म्याद नागेकाका अखाद्यबस्तुहरुको बिक्री बितरण गर्ने गरेको र चर्को मुल्य अशुल्ने गरेको उपभोक्ता बाट गुनासो आएपछी पालिकाले बजार अनुगमनको कार्य सुरु गरेको हो ।

यसैबिच गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँदको नेतृत्वमा आज जयगढ बजारको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा विभिन्न पसलहरूमा म्याद गुज्रेका सामाग्री भेटिएका थिए । भने म्याद गुज्रेका सामाग्रीहरू बरामद गरि नष्ट गरिएका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशिले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र समेत रहेको जयगढ बजारमा सञ्चालित १ मेडिकल सहित ४ वटा किराना पसलबाट म्याद गुज्रिएका खाद्यान्न तथा औषधी भेटिएका अनुगमन टोलिले जनाएको छ ।

पसलहरूको अनुगमन गर्दै गाउँपालिकाले मूल्य सूचि उपलब्ध गराउनुका साथै पसलमा अनिवार्य रुपमा मूल्य सूचि उपभोक्ताले देख्ने गरि राख्न आग्रह गरेको छ ।

अनुगमनका क्रममा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले व्यापारीहरूलाई अनिवार्य रुपमा मुल्यसुचि टाँस्न निर्देशन दिनुभयो । यस्तै मूल्य सूचि भन्दा बढी मूल्यमा सामाग्री बिक्री वितरण गरेको पाइएका प्रहरी तथा आफलाइ जानकारी गराउन समेत उपाध्यक्ष साउँदले सवैमा आग्रह गर्नुभयो ।

बसलहरुमा म्याद गुज्रिएका सामाग्री भेटिनु चिन्ताजनक विषय रहेको बताउँदै उहाँले अनुगमन कार्यलाई निरन्तरता दिने बताउनुभएको छ ।

यसैबिच आउने दिनहरुमा पनि बजार अनुगमनको कार्य लाई निरंतरता दिने र पालिका भित्रका सबै वडाहरुमा संचालित बजारहरुको समेत अनुगमन गरिने उपाध्यक्ष साउदले बताउनुभयो ।

अनुगमनका वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष कुल बहादुर शेट्टि , निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी, स्वास्थ शाखा प्रमुख बसन्त रावल, जयगढ प्रहरी चौकीका इन्चार्ज रमेशराज भट्ट, लगायतको सहभागीता रहेको नायब सुब्बा तिलक ठकुल्लाले जानकारी दिनुभएको छ ।

यता जिल्ला प्रशासन कार्यलय अछामले पनि बजार अनुगमनको कार्य लाई पछिल्लो समय अनुगमनको कार्य लाई तिब्रता दिएको छ ।

कोरोनाका कारण निषेधाज्ञा लागू गरिएको अछाममा व्यापारिहरु बाट उपभोक्ता हरु ठगिएको गुनासो आउनथाले पछी प्रशासनले अनुगमनको कार्यलाई अगाडि बढाएको हो ।

तर प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा मात्र अनुगमन गर्ने गरेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन् । साथै उनिहरुले ग्रामीण क्षेत्रमा संचालित पसलहरुमा पनि अनुगमन गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button