आउँदाे वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ कराेड रुपैयाँकाे बजेट विनियाेजन गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभएकाे हाे । 

यो रकममध्ये सङ्घीय सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

प्रदेश र पालिकातर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएको छ । 

चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरेकाे हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button