
अछाम : अछाममा थप ४१ जनाले कोरोनालाई जितेका छन् । संक्रमण पुष्टी भई होम आईसोलसन र अस्पतालको आईसोलेनमा उपचार गराईरहेका ४१ जनाले कोरोना जितेका हुन् ।
यो संगै जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमणमुक्त हुनेको संख्या १५ सय १९ जना पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणमुक्त हुनेमा ४ सय ७४ जना महिला र १ हजार ४५ जना पुरुष रहेका छन् ।
अहिले जिल्लाभर ६ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५ सय ८० जना होम आईसोलेसनमा छन् भने १५ जना अस्पतालको आईसोलेसनमा छन् ।
आईसोलेसनबाट नीको भई २ जना बिरामी डीस्चार्ज भएका छन् भने आज थप १जना बिरामी अस्पताल भर्ना भएका छन् । यसैबिच अछाम जिल्लामा थप २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
आज पीसीआर परीक्षणमा २२ जना र एन्टीजेन परीक्षणमा १ जना गरी जम्मा २३ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ७५ नमुना परीक्षण गरीएकामा २२ जनामा संक्रमण पुष्टी भएको हो ।
साँफेबगर नगरपालिका र जिल्ला अस्पताल अछाम मार्फत ७५ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा ८ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको साँफेबगर नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर वडा नम्बर ४, ११, १२ र १३ का ७ महिला र १२ जना पुरुष गरि १९ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी मंगलसेन नगरपालिका वडा नम्बर ५ र ९ का १ जना महिला र २ जना पुरुष गरि ३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार बमलबजार नगरपालिकाका १ जना महिला र १ जना पुरुषको रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिनुभयो ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ७ हजार १३ जनाको कोरोना परीक्षण गर्दा २ हजार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच जिल्लाका विभिन्न ठाउँमा स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।