
संघीय सरकारद्वारा अछाममा ३ अर्ब भन्दा बढी बजेट बिनियोजन
अछाम : संघीय सरकारले अछाम जिल्लाका स्थानीयतहरु लाई ३ अर्ब ४० करोड ५८ लाख बजेट बिनियोजन गरेको छ ।
जिल्लाका दश स्थानीयतह हरुका लागी उक्त बजेट बिनियोजन भएको छ ।
अछामका दश पालिका मध्ये सबै भन्दा बढी जिलाको साँफेबगर नगरपालिकामा ५० करोड ४० लाख र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा २३ करोड ६४ लाख बजेट बिनियोजन भएको छ ।
यसैगरी जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका ३८ करोड १७ लाख, मेल्लेख गाउपालिका ३५ करोड ७२ लाख, तुर्माखाद गाउँपालिकामा ३४ करोड ८३ लाख,कमलबजार नगरपालिकालाई ३४ करोड ६७ लाख बजेट बिनियोजन भएको छ ।
यसैबिछ पचदेवल बिनायक नगरपालिका ३३ करोड ८७ लाख, रामारोशन गाउँपालिका ३३ करोड १६ लाख, चौरपाटी गाउपालिका ३० करोड २० लाख र ढकारी गाउँपालिकालाई २५ लाख ९२ लाख बजेट बिनियोजन गरेको छ ।