मेल्लेख गाउँपालिका कार्यालय बाट प्रवाह हुने सेवा सुचारु

अछाम : अछामको मेल्लेख गाउँपालिका कार्यालय बाट प्रवाह हुने सेवा आजबाट नियमित सुचारु गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय अछामले गरेको निषेधाज्ञा लाई मध्यनजर गर्दै स्वास्थ्यका सबै मापदण्ड पुरा र भौतिक दुरी कायम गरी सेवाग्राहीहरूलाई कार्यालयबाट सेवा प्रवाह गरिने भएको हो ।

जस अनुसार वडा न १,२,३, का सेवाग्राही लाई आइतबार, वडा न ५ र ८ का सेवाग्राहीलाई सोमबार, वडा ६ र ७ का सेवाग्राही लाई मङ्गलवार र वडा न ४ को लागि बुधवार सेवा प्रवाह गरिने मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले जानकारी दिनुभयो ।

यस्तै बिहीबार ठेक्का सम्बन्धि कामकाज र शुक्रवार कार्यालयको काम काज गरिने उहाँले बताउनुभयो ।

कार्यालयमा कार्यरत कर्मचारीहरू लाई पनि आइतबार देखि कार्यालयमा उपस्थिति हुन निमित्त प्रमुख प्रशासकीय अधिकृत खडकाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button