उपप्रमुख उपाध्यायद्धारा प्रकोप व्यवस्थापन कोषमा ३५ हजार सहयोग

अछाम : मंगलसेन नगरपालिकाका उप–प्रमुख उपप्रमुख सरिता उपाध्यायले नगरको प्रकोप व्यवस्थापन कोषमा ३५ हजार सहयोग गर्नु भएको छ ।

आईतबार एक कार्यक्रमका बिच ३५ हजारको चेक कोषमा जम्मा गर्ने गरि नगरपालिकाका लेखाअधिकृत बिष्णु प्रसाद उपाध्याय लाई हस्तान्तरण गर्नु भएको हो ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सहयोग पुगोस भन्ने हेतुले आफुले कोषमा सहयोग गरेको उप प्रमुख उपाध्यायले बताउँनुभयो ।

कोरोना संक्रमित भएका नगरपालिकाका नागरिकहरुको ज्याँन जोगाउँन अक्सिजन सिलिण्डर लगायतका अन्य स्वास्थ्य सामग्री खरिदमा सहयोग पुगोस भन्ने चाहना रहेको उहाँको भनाइ छ ।

साथै उहाँले बिश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाईरसको संक्रमण बाट नगरका जनताहरु लाई बचाउन र सुरक्षित रुपमा राख्नका लागी संक्रियताका साथ नगरले काम गरीरहेका बताउदै सबै नागरिकहरुले पनि सजग हुनुपर्ने कुरामा जोड दिनुभयो ।

मंगलसेन नगरपालिकाले संचालन गरेको कोषमा हाल सम्म १ लाख ६० हजार ५ सय जम्मा भएको सूचना अधिकारी बिष्णु प्रसाद जैसीले बताउनु भएको छ ।

मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसार नगरपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनमा खर्च गर्न सकिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button