सवैभन्दा बढी साँफेबगर नगरपालिकालाई वजेट प्राप्त

अछाम : अगामि आर्थिक वर्ष ०७८÷०७९ को लागि संघिय सरकारबाट साँफेबगर नगरपालिकाले सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामध्ये सवैभन्दा वढी वजेट प्राप्त गरेको छ।

सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदानबाट उक्त रकम प्राप्त भएको छ ।

साँफेबगर नगरपालिकाले चालु तर्फ ४६ करोड ८६ लाख र पूँजिगत तर्फ ३ करोड ५४ लाख गरी ५० करोड ४० लाख रकम प्राप्त गरेको छ । कार्य सम्पादन, सेवा प्रवाह लगायतका सूचकका आधारमा सवैभन्दा वढी वजेट प्राप्त गरेको छ ।

अघिल्ला वर्षमा पनि साँफेबगर नगरपालिका पहाडि जिल्लाम वढी वजेट प्राप्त गर्दै आएको थियो । यस्तै सुदूरपश्चि प्रदेशका ८ वटा स्थानीय तहमध्ये साँफेबगर नगरपालिका छठौं स्थानमा रहेको छ ।

सवैभन्दा वढी धनगढी उपमहानगरपालिकामा ८ करोड ३५ लाख, दोस्रो कञ्चनपुरको भिमदत्त नगरपालिकामा ७२ करोड ९० लाख, तेस्रो कैलालीको लम्की चुहा नगरपालिकामा ६० करोड ५० लाख, चौथौ गोदावरी नगरपालिकामा ५९ करोड ४० लाख र पाँचौं घोडाघोडी नगरपालिकामा ५८ करोड २ लाख संघिय सरकारबाट वजेट प्राप्त भएको छ ।

अव प्रदेशका ८८ वटा स्थानीय तहलाई प्रदेश सरकारबाट रकम प्राप्त हुन वाँकी रहेको छ । यस्तै संघीय सरकारले अछामका स्थानीयतलाई ३ अर्व ४० करोड ५८ लाख बजेट बिनियोजन गरेको छ ।

जिल्लाका दश स्थानीय तहका लागि उक्त बजेट बिनियोजन भएको छ । जिल्लाका चार नगरपालिकाले १ अर्व ५७ करोड ११ लाख र ६ वटा पालिकाले १ अर्व ५ करोड ४७ लाख वजेट विनियोजित भएको छ । संघिय सरकाबाट मंगलसैन नगरपालिकाले ३ करोड ६७ लाख वजेट प्राप्त गरेको छ ।

यस्तै सवैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकाले वजेट प्राप्त गरेको छ । वान्नीगढी जयगढ गाउँपालिकाले २३ करोड ६४ लाख प्राप्त गरेको छ । यस्तै जिल्लाका कमलवजार र पन्चदेवल विनायक नगरपालिका भन्दा जिल्लाका दुई वटा गाउँपालिकाले वढी वजेट प्राप्त गरेका छन् ।

मेल्लेख गाउँपालिका र तूर्माखाँद गाउँपालिकाले वढी वजेट प्राप्त गरेका छन । मेल्लेख गाउँपालिका ३५ करोड ७२ लाख र तुर्माखाँद गाउँपालिकाले ३४ करोड ८३ लाख वजेट प्राप्त गर्दा कमलवजार नगरपालिकामा ३४ करोड ६७ लाख र पन्चदेवल विनायक नगरपालिकामा ३३ करोड ८७ लाख वजेट प्राप्त भएको छ ।

यस्तै रामारोशन गाउँपालिकामा ३३ करोड १६ लाख, चौरपाटी गाउँपालिकामा ३० करोड २० लाख र ढकारी गाउँपालिकाले २५ करोड ९२ लाख वजेट प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button