फिनल्यान्डकी प्रधानमन्त्रीको ‘ब्रेकफास्ट बिल’ को प्रहरीले जाँच गर्ने

काठमाण्डाै – फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनको बिहानको खाजा (ब्रेकफास्ट) को बिल अहिले चर्चाको विषय बनेको छ । सबैतिर यही ब्रेकफस्ट बिलको चर्चा भइरहेको छ । केहीले प्रधानमन्त्री सना मरिनमाथि सरकारी पैसा दुरुपयोगको आरोप लगाएका छन् भने केहीले भ्रष्टाचारसँग उहाँको सम्बन्ध रहेको बताइरहेका छन् ।

यसै विषयमा त्यहाँको स्थानीय प्रहरीले जाँच गर्ने बताएको छ । प्रधानमन्त्री मरिनले सरकारी आवासमा परिवारसँग ब्रेकफास्टमा निकै पैसा खर्च गरेको आरोप उहाँमाथि छ । स्थानीय सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई निसाना बनाइएको छ । 

‘ट्याबलाेइड इलतलेहती’ को रिपोर्टमा प्रधानमन्त्री सना मरिनले आफ्नो आधिकारिक निवास केसरन्तामा रहँदै परिवारसँगको नास्ताका लागि हरेक महिना झन्डै तीन सय युरो खर्च गरिरहेको आरोप लगाइएको छ । 

यो प्रतिवेदनपछि विपक्षहरु आक्रामक बनेका छन् । प्रधानमन्त्री सना मरिनले आफूभन्दा पहिलेका प्रधानमन्त्रीले पनि यसको लाभ लिएको बताउनुभयो । उहाँले ट्विटरमा भन्नुभएको छ, ‘प्रधानमन्त्रीको रुपमा मैले यो लाभ मागेको छैन र यसबारेमा निर्णय लिन पनि सहभागी भएको छैन ।’  

कानुनी विशेषज्ञले प्रधानमन्त्रीको बिहानको नास्ताका लागि करदाताको पैसाको उपयोग गर्नु फिनिस कानुनुको उल्लङ्घन हुन सक्ने सुझाव दिएका छन् । 

शुक्रवार प्रहरीले यस मुद्दा जाँच गर्ने घोषणा गरेको हो । प्रहरीले एक विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्रीको नास्तामा खर्च गरिएको पैसा सरकारबाट लिइएको हो । यद्यपि कानुनले यो इजाजत दिँदैन ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button