दार्चुलामा यार्सा सङ्कलनमा गएकी महिलाको ज्यान गयाे

दार्चुला – अपी हिमाल गाउँपालिका-५ की एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा ज्यान गएकाे छ ।

यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको ज्यान गएकाे हाे।

यार्सागुम्बा सङ्कलनका लागि गएकाे वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो ।

दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि उनकाे ज्यान गएको आफन्तले बताएका छन् । मृतकको शवलाई आइतवार घर ल्याइएको छ । मृतकका दुई छोरा र दुई छोरी छन् ।

यसअघि अपी हिमाल गाउँपालिका-४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरोमा परि ज्यान गएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button