अछाममा थप एक जना कोरोना संक्रमितको मृत्यु

कमल रावल जेठ १७ अछाम ,अछाम जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ का ८० बर्षिय बृद्धको मृत्यु भएको हो । 

कोरोना संक्रमण पछी होम आईशुलेसनमा बसिरहेका बृद्धको आज दिउसो साढे ३ बजे मुत्यु भएको कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनु भयो ।

 जेठ १० गते नमुना संकलन गर्दा १२ गते संक्रमण पुष्टि भएका ८० बर्षिय बृद्ध होम आइशुलेसनमा बस्दै आएका बिष्टले बताउनु भयो ।

 आज १ जना थपिएसँग अछाममा दोस्रो लहरको कोरोनाको कारण मृत्यु हुनेको संख्या १७ जना पुगेको छ ।

 अछाममा पहिलो र दोस्रो लहर गरि हालसम्म २२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

 यसैबिच अछाममा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाले कोरोनालाई जितेर घर फर्केका स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशिले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button