प्रदेश अध्यक्ष रावलले गरे महासंघ अछामको भवन शिलान्यास

अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको भवनको शिलान्यास गरिएको छ । जिल्लाको मंगलसेन नगरिपालिकामा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष योगेश रावलले भवनको शिलान्यास गरे । शिलान्यासमा प्रदेश पूर्व अध्यक्ष अर्जुन शाह, शाखा अध्यक्ष खम्म खत्री र शाखा पूर्व अध्यक्ष एवंम मंगलसेन नगरपालिका वडा नंं ६ का अध्यक्ष जनक भण्डारीले साथ दिए ।

भवनको शिलान्यास गर्दे प्रदेश अध्यक्ष रावलले समयमै भवन निर्माण गर्न तर्फ क्रियाशिल हुने शाखालाई आग्रह गरे । उक्त कार्यका लागि आफु र प्रदेश समिती सधै साथमा रहेने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button