कमलबजारमा कानुन विपरित ब्याबसाय गर्ने ब्यापारी प्रशासनको कारबाहीमा


कमल रावल, जेठ १८ अछाम
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन अछामका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको सयुक्त बजार अनुगमन टोलिले अनुगमनका क्रममा प्रचलित कानून बमोजिम व्यापार नगरेका र म्याद नाघेका खाद्य सामग्री बेचविखन गर्ने ब्यापारिलाई कारबाही गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको नेतृत्वमा गएको सयुक्त अनुगमन टोलिले कमलबजार नगरपालिका वडा नम्बर १ कमलबजार क्षेत्रमा कानून बमोजिम व्यापार नगरेका र म्याद नाघेका खाद्य सामग्री बेचविखनका लागि राखेका तीन जना व्यावसायीलाई नगद रु २५ हजार कारबाही गरेको हो ।
तिनै जना व्यावसायीलाई पहिलो पटकलाई सचेत समेत गराई म्याद नाघेका सामाग्री दालमोट ९६ पाल्टा, बिस्कुट २० पाल्टा, चिउरा २६ प्याकेट, चिजबल १५ दशमलव ५ पाल्टा, भुजा १९ प्याकेट र आलुको चिप्स ३ कार्टुन सहीत थप २४ प्याकेट स्थलमा नष्ट पारिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
टोलिले आगामि दिनहरुमा मुल्य सुचि नराखेको र म्याद गुज्रियका अखाद्य बस्तुहरुको बिक्रिबितरण नगर्न र नगराउन सुझाब दिनुका साथै सो कार्य गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button