
कमल रावल, जेठ १८ अछाम
जिल्ला अस्पताल अछाम र बयलपाटा अस्पताललाई आवश्यक विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । नेकपा एमालेको भातृ सँगठन प्रवासी नेपाली सँघ भारतद्धारा प्राप्त सामाग्री नेकपा एमाले अछामले हस्तान्तरण गरेको हो
कोभिड महामारीसंग लडिरहेका हरेक ब्यक्तिलाई सहयोग पुगोस भन्ने लक्ष्यका साथ जिल्ला अस्पताल अछाम र बयलपाटा अस्पतालका प्रमुख लाई २०÷२० थान ब्ल्याङ्केट, २०÷२० थान तन्ना र ५÷५ थान पानि तताउने ईलेक्ट्रोनिक जग हस्तान्तरण गरिएको नेकपा एमाले अछामका कार्यालय सचिव नमराज न्यौपानेले जानकारी दिनु भयो ।
प्रवासी नेपाली सँघ भारतका प्रतिनिधि आकाश कुवँरले आज नेकपा एमाले अछामका उपाध्यक्ष प्रकाश शाह र जिल्ला कार्यालय सचिव नमराज न्यौपानेको उपस्थितिमा हस्तान्तरण गर्नु भएको हो ।
प्रदेशमा दुख गरेर कमाएको आफ्नो पारिश्रमिकबाट रकम कटाएर यसरी अस्पताललाई सहयोग गरेकोमा जिल्ला अस्पताल विकास समिति अध्यक्ष प्रभुनाथ खनालले प्रवासी नेपाली संघ भारतलाई धन्यबाद ज्ञापन समेत ज्ञापन गर्नु भएको थियो ।