जिल्ला प्रशासन अछामद्धारा बजार अनुगमन कार्यलाई तिव्रता

१९ जेष्ठ अछाम
जिल्ला प्रशासन कार्यालय अछाले जिल्लाका मुख्य ब्यापारिक क्षेत्रका बजार अनुगमनलाई तिव्रता दिएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई तिव्रता दिएका हो ।

कोरोनाको कहरमा समेत सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमनलाई तिव्र पारिएको तिमिल्सैनाले बताउनु भयो । सोही अन्र्तगत आज सहायक प्रमुख जिल्ला अधिकारीको टोलिले जयगढ बजार क्षेत्रमा अनुगमन गरेको छ ।

बिशेष गरेर बजारमा रहेका खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो । अनुगमनमा प्रचलित कानून बमोजिम व्यापार नगरेका, अनुमति नलिई व्यावसाय गरेका र म्याद नाघेका साथै अखाद्य सामग्री बेचविखनका लागि राखेका पाँच जना व्यावसायीलाई कारबाही गरिएको छ ।

अनुगमन भएका ७ पसलमा ५ वटा पसललाई ३० हजार जरिवाना र ७ वटैलाई सचेत गराईएको छ । जयगढ बजार क्षेत्रमा धेरै खाद्य सामग्री म्याद सकिएका भेटिएकोले सामान खरिद गर्दा प्रयोग गर्न सकिने अवधि अनिवार्य रूपमा हेर्नहुन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

म्याद नाघेका सामाग्री नष्ट पार्न लागी फालीएकाे ।

यस्तै जिल्लाका अन्य ठाँउमा उपभोक्ताको हित हनन् हुने कार्य भए गरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको छ ।

जिल्लामा निषेधाज्ञा भएको बेला अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button