स्वास्थ्यमा सामान्य समस्या देखिने बित्तिकै अस्पताल आउनुहोसः डाक्टर बास्कोटा

कमल रावल, जेठ १९ अछाम
जिल्ला अस्पताल अछामका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटाले कोरोनाभाईरसका संक्रमितलाई समयमै अस्पतालमा आउन आग्रह गर्नु भएको छ । संक्रमित भईसकेपछी स्वास्थ्यमा लक्षणका समस्या बढदै गएपछी समयमै अस्पतालमा आउनु पर्ने उहाँले बताउनु भयो ।

अछाम जिल्लामा ज्यान गुमाउनेको तंथ्याक हेर्दा अन्तिम अबस्थामा मात्रै अस्पताल आउदा ज्यान जाने गरेको बताउनु भयो । त्यस्तो अबस्थामा नत बिरामीलाई बचाउन सकिन्छ रिफर गरौँ भनेपनी स्वास्थ्य अबस्था निकै नाजुक अबस्थामा पुग्ने गरेको डाक्टर बास्कोटाले बताउनु भयो ।

कुराकानीको क्रममा डाक्टर बास्कोटाले यतिबेला होम तथा पालिकामा स्थापना गरेको आईशुलसेनमा बसेका हरेक बिरामीलाई अलिकति स्वास्थ्य समस्या आउने बित्तिकै अस्पताल आउन आग्रह गर्नु भयो । ३ दिन बढी ज्वरो आएर सिटामोल सेवन गर्दा समेत ज्वरो ठिक नभएमा, स्वास फेर्न गारो भए, खोकी नियमीत लागी रहेमा अस्पताल अनिवार्य आउन उहाँको आग्रह रहेको छ ।


एक अर्को प्रसंगमा बोल्दै उहाँले संक्रमितले आईशुलेसनमा बस्दा शारिरीक ब्यायम देखी नियमीत खानपीनमा समेत ध्यान दिनु पर्ने बताउनु भयो । शारिरीक रुपमा फाईदा हुने लामो लामो स्वास फेर्ने ब्यायम, माछामासु, गेडागुडी, फलफुल नियमीत खानुपर्ने बताउनु भयो । मानसिक रुपमा कुनैपनी तना नलिएर चाडै कोरोना जित्ने आत्मबल बनाउनु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button