बयालपाटा अस्पताललाई १० थान अक्सिजन सिलिन्डर सहयोग

अछाम : अछामको बयालपाटा अस्पताल लाई आज थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । गैरआवासिय नेपाली संघ अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

एनआरएनए अफ्रिकाको र दाताहरुको तर्फबाट स्थानिय समाजसेवी , तत्कालीन जिल्ला विकास समिति अछामका पुर्व सभापति , नेपाली कांग्रेस अछामका सभापति नेपाली काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठक लाई हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय बाट जारी निषेधाज्ञाका नीति निर्देशन पालन गर्दै बयालपाटा अस्पताल परिसरमा भएको एक संक्षिप्त अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममको रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढा र स्टेसन म्यानेजर चन्द्रबहादुर थापाले सहजीकरण गर्नुभएको थियो ।

यसका साथै तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर पुर्याइएको छ ।

जस मध्य मंगलसैन स्थित जिल्ला अस्पताल लाई २० थान सिलिन्डर र बयालपाटा अस्पताल लाई २० थान सिलिन्डर हस्तान्तरण गरिएको अभियानमा सक्रिय नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभएको छ ।

अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्युमानिटी फाउण्डेसन नेपाल, गैर आवासीय नेपाली संघ नाइजेरिया, अफ्रिकाबाट रोशन थापा, अमेरिकाबाट बासुदेव अधिकारी, बिष्णु शाह, हेमबहादुर ठकुल्ला, मलेसिया बाट टेकबहादुर बुढा, दिनेश खडका खप्तडी, कतार बाट चन्द्र थापा, काठमाडौं स्थित जुपु मिलन केन्द्र, केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो ।

धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग तथा नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको समन्वय र ब्यवस्थापनमा अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर पुर्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button