नगरप्रमुख बाेहराद्वारा स्वास्थ्य संस्थाकाे अनुगमन सहित स्वास्थ्य सामग्री हस्तान्तरण

हाेम साउद, अछाम २० जेठ : मंगलसेन नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।

नगरप्रमुख पदमबहादुर बाेहराकाे नेतृत्वमा गएकाे टाेलेले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वंसेविकाकाे लागि सामग्री हस्तान्तरण गरिएकाे हाे ।

टाेलिले वडानम्वर ६ काे भन्थान स्वास्थ्य चाैकि, सहरि स्वास्थ्य क्लिनिक ठुलासैन, कालागाउ स्वास्थ्य चाैकी, बान्नाताेलि स्वास्थ्य चाैकी, जुपु स्वास्थ्य चाैकी, सहरि स्वास्य क्लिनिक वडानम्वर १०, वलिगाउ स्वास्थ्य चाैकी र सहरि स्वास्थ्य क्लिनिक वडानम्वर ८ मा स्वास्थ्य सामग्री वितरण गर्नुका साथै स्वास्थ्य संस्थाकाे छड्के अनुगमन समेत गरेकाे हाे ।

स्वास्थ्यकर्मी र महिला स्वंसेविकालाई काेराेनाभाईरसकाे जाेखिम न्युनिकरण र राेकथामका लागि स्वास्थ्य सुरक्षा सामग्री मास्क, सेनिटाईजर, ग्लाेभ्स, पल्स अक्सिमिटर (अक्सिजन नाप्ने यन्त्र) लगायतका सामग्री उपलब्ध गराईएकाे हाे ।

सामग्री हस्तान्तरणका क्रममा स्वास्थ्य संस्थामा औषधि उपलब्धताकाे अवस्था, समस्याहरु लगायतका विषयमा पनि जानकारी लिईएकाे छ ।

काेभिडकाे जाेखिम माेलेर गाउँ स्तरमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र महिला स्वंसेविकाकाे मनाेवल बढाउन स्वास्थ्य संस्थामा पुगेर सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख बाेहराले बताउनुभयो ।

दाेस्राे लहरकाे काेराेना संक्रमण फैलिए पश्चात् अाफुले याे दाेस्राे चरणकाे अनुगमन र स्वास्थ्य सामग्री वितरण गरिएको नगरप्रमुख बाेहराकाे भनाइ छ ।

नगरवासिकाे समस्यालाई समाधान गर्नका लागि नगरपालिका तल्लीन रहेकाे बाेहराले बताउनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण तथा अनुगमन कार्यक्रममा नगरप्रमुख बाेहरा सहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर साेडारि, एम अाई एस अपरेटर हाेम बहादुर साउद, नगरपालिकाका कर्मचारी पुष्प भण्डारी र धर्मेन्द्र स्वारकाे सहभागीता रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button