अछाममा मंगलबार ८२ जना संक्रमणमुक्त, थप १३ जनामा कोरोना पुष्टि

चक्र प्रसाद जैसी, मंगलसेन – अछाममा मंगलबार थप ८२ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टी भई होम आईसोलसन र अस्पतालको आईसोलेनमा उपचार गराईरहेका ८२  जनाले कोरोना जितेका हुन् ।

यो संगै जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमणमुक्त हुनेको संख्या २ हजार ५० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार संक्रमणमुक्त हुनेमा ६ सय २१ जना महिला र १ हजार ४ सय २९ जना पुरुष रहेका छन् ।

अहिले जिल्लाभर ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३ सय २८ जना होम आईसोलेसनमा छन् भने ३५ जना अस्पतालको आईसोलेसनमा रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

यसैबिच अछाममा आज थप १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणमा ८ जना र एन्टीजेन परीक्षणमा ५ जना गरी जम्मा १३ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ३० नमुना परीक्षण गरीएकामा ८ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । आज संक्रमण पुष्टि हुनेमध्ये ६ जना पञ्चदेवल विनायक नगरपालिकाका छन् । नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का २५ जनाको नमुना परीक्षण गरीएकामा  १ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलबजार नगरपालिका वडा नम्बर १ का १ जना महिला र १ जना पुरुष गरि २ जनामा पनि संक्रमण  देखिएको छ । हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ७ हजार ४ सय ६४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जिल्लाका विभिन्न पालिकामा ५० जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

संक्रमण देखिनेमा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ का ३ जना पुरुष र १ जना महिला गरी ४ जना र पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ का १ जना पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मीन बहादुर कुवँरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button