रेडक्रस उपशाखा जनालीवण्डालीद्वारा मास्क वितरण

जेठ २५ अछाम नेपाल रेडक्रस साेसाईटी उपशाखा जनालीवण्डालीले विभिन्न निकमयलाई मास्क वितरण गरेकाे छ ।

रेडक्रस साेसाईटी जिल्ला शाखाद्वारा प्राप्त मास्क वितरण गरिएको हाे । काेराेना महामारीको अग्र पंक्तिमा खटिने तथा सामुदायिक संस्थालाई मास्क तथा सेनिटाईजर प्रदान गरिएको हाे ।

जिल्ला शाखालाई प्राप्त मास्क तथा सेनिटाईजर सराेकारवाला संघसंस्थालाई प्रदान गरिएको जनालीवण्डाली उपशाखा सभापति राजेश्वर भण्डारीले बताउनु भयाे ।

जिल्ला शाखाबाट प्राप्त मास्क उपशाखा जनालीवण्डाली अन्तर्गत रहेका विद्यालय, सहकारी, सन्तनिरंकारी सत्संग भवन लगायतलाई वितरण गरिएको छ ।

जिल्ला शाखाबाट प्राप्त मास्क तथा सेनिटाईजर गंगा माध्यामिक विद्यालय तेसिंगे, अस्थायी प्रहरी पाेष्ट ठुलासैन, मालिका बचत तथा ऋण सहकारी संस्था ठुलासेन तथा सन्त निरंकारी सत्संग भवन ठुलासेनलाई वितरण गरिएको सभापति भण्डारीले बताउनु भयाे ।

मंगलबार मंगलसेन ६ का वडा सदस्य तथा सन्त निरंकारी ठुलासेनका प्रतिनिधि देबेन्द्र प्रसाद भण्डारी, अस्थायी प्रहरी पाेष्ट ठुलासेनका ईन्चार्ज दानसिंह महरा, सहकारीका व्यवस्थापक बेदप्रसाद भण्डारीलाई ५०/५० थान मास्क तथा यसअघि गंगा माविका लेखापाल दिपकप्रसाद भण्डारीलाई मास्क तथा सेनिटाईजर प्रदान गरिएको नेपालफरेडक्रस साेसाईटी उपशाखा जनालीवण्डालीका सचिव टेकराज भण्डारीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button