
काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट विश्वासको मत लिन सफल भएको भन्दै बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत रावलले मुख्यमन्त्री भट्टलाई हार्दिक बधाई दिएका हुन् ।
उनले विधि, विधान र पद्धती मिच्नेहरुले मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने की ? भन्दै प्रश्न गरेका छन् ।
?
उनले लेखेका छन्–‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?”
