
मंगलसेन – मंगलसेन नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई वर्षे फलफुलका विरुवा वितरण गर्ने भएको छ । नगरपालिकाले सुचना जारी गर्दै नगरक्षेत्र भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वर्षे फलफुलका बिरुवा वितरण गर्ने जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका बिरुवा वितरण गर्न लागीएको नगरपालिकाको कृर्षी विकास शाखाले जनाएको छ ।
कृषकका लागि आँप, सुन्तला, कागती, अम्बा, अनार, मौसमी र लिचीका बिरुवा वितरण गरीने भएको हो । यी फलफुलका बिरुवामा ५० प्रतिशत मुल्य छुट गरीएको छ ।
जस अनुसार प्रति विरुवा १ सय रुपैयाँ पर्ने आँपको विरुवाको छुट मुल्य ५० रुपैयाँ, प्रति बिरुवा ४५ रुपैयाँ पर्ने कागतीको बिरुवाको छुट मुल्य २२ रुपैयाँ ५ पैसा, ५० रुपैयाँ पर्ने अम्बाको बिरुवाको छुट मुल्य २५ रुपैयाँ, ७५ रुपैयाँ पर्ने अनारको बिरुवाको छुट मुल्य ३७ रुपैयाँ ५ पैसा निर्धारण गरीएको छ ।
यस्तै प्रति बिरुवा ४५ रुपैयाँ पर्ने सुन्तलाको विरुवाको छुट मुल्य २२ रुपैयाँ ५ पैसा, प्रति बिरुवा ४५ रुपैयाँ पर्ने मौसमीको बिरुवाको छुट मुल्य २२ रुपैयाँ ५ पैसा र प्रति बिरुवा ७५ रुपैयाँ पर्ने लिचीको छुट मुल्य ३७ रुपैयाँ ५ पैसा कृषकले तीर्नु पर्नेछ ।
ईच्छुक कृषकले आफ्नो वडा कार्यालय तथा नगरपालिकाको कृर्षि विकास शाखामा सम्पर्क गर्न सक्नेछन् ।
