पिसिआर प्रयोगशालालाई पञ्चदेवल नगरपालिकाको १० लाख सहयोग

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले कमलबजार नगरपालिकामा रहेकाे पिसिआर प्रयाेगशालालाई आर्थिक सहयोग गरेको छ।

पिसिआर प्रयोगशाला संचालन गर्न सहयोग पुग्ने हेतुले नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको नगरपालिकाका प्रशासकीय अधिकृत पदम माझीले जानकारी दिए।

शनिबार पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकाेटा र नगर उप- प्रमुख अम्विका चलाउनेले कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश विष्टलाई नगद रु १० लाखकाे चेक हस्तान्तरण गरे ।

चेक हस्तान्त्ररण गर्दे नगर प्रमुख देवराज देवकोटाले जिल्लामा एक मात्र पिसिआर प्रयोगशाला रहेको भन्दै त्यसको नियमित संचालनमा सहजता होस भनेर १० लाख आर्थिक सहयोग गरिएको बताए ।

यस्तै नगर उपप्रमुख अम्बिका चलाउनेले जिल्ला भित्रै पिसिआर प्रयोगशाला हुदाँ यहाँ जनतालाई परिक्षण गर्न निकै राहत भएकोमा खुशी व्यक्त गर्दै आगम दिनमा समेत नगरको साथ सहयोग रहने बताईन् ।

१० लाखको चेक बुझ्दै कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिष्टले सहयोगका लागि पञ्चदेवल बिनायक नगरपालिकालाई धन्यवाद दिएका छन् । पिसिआर प्रयोगशाला संचालन गर्न कमलबजारले नेतृत्व गरे पनि यसको दिर्घकालिन संचालनका लागि जिल्लाका सबै पालिकाको सहयोग खाँचो रहेको उनले बताए ।

पञ्चदेवलविनायक नगरपालिका नगरकार्यपालिकाकाे जेष्ठ २७ गतेकाे बैठकले उक्त सहयाेग गर्ने निर्णय गरेकाे थियो भने पिसिआर प्रयोगशाला संचालन गर्न आर्थिक कठिनाई भएको भन्दै यस अघि कमलबजारले यसअघि जिल्लाका सबै पालिकालाइ सहयोगका लागि पत्र लेखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button