अनुमति दिए कोरोना विरुद्धको खोप किन्छौँ : नगर प्रमुख कुँवर

अछाम : साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले केन्द्र सरकारले कोरोना भाइरस विरुद्धको खोप किन्नको लागि अनुमति दिएमा नगरपालिका किन्न तयार रहेको बताउनुभएको छ ।

केन्द्र सरकारले देशभर खोप समयमा पु¥याउने सम्भावना कम रहेको बताउदै नगर प्रमुख कुँवरले केन्द्र सरकारले अनुमति दिए नगरपालिका आफैँ खोप किन्न सक्षम रहेको धारणा व्यक्त गर्नुभयो ।

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट निर्माण सम्बन्धि राजनीतिक दलहरू संगको छलफल तथा सुझाव संकलन कार्यक्रम बोल्दै नगर प्रमुख कुँवरले जनप्रतिनिधिको भत्ता, कर्मचारीको तलब केही समयको लागि रोकेर भएपनि कोरोना भाइरस विरुद्धको खोप किन्न नगरपालिका तयार रहेको प्रष्ट पार्नुभयो ।

उहाँले कम्तिमा ३÷४ करोड खर्च गरेर भएपनि नगरवासीलाई खोप लगाउने नगरको लक्ष्य रहेको बताउनुभयो । उहाँले जनताको ज्यान बचाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

नगरबासीले खोपको माग गरेकाले ‘कि मन्त्रालयबाट उपलब्ध गराइयोस्, कि हामीलाई खरिद गर्ने अनुमित दिइयोस’ नगर खोप किन्न तयार रहेको छ उहाँले भन्नुभयो । केन्द्र सरकारको मुख ताकियो भने समयमा खोप लगाउन सकिदैन उहाँले भन्नुभयो, त्यसैले आफैँ खोप किनेर जनतालाई लगाउन नगरले कदम चाल्छौ ।

नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ मन्त्रालयसंग खोप किन्नको लागि अनुमति माग्ने पनि नगर प्रमुख कुँवरको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button