एमाले अछामले दियाे नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री

अछाम ३० जेठ । नेकपा एमालेले मंगलसेन नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेकाे छ ।

काेराेना भाईरस राेकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारिका लागि पार्टीले सामग्री हस्तान्तरण गरेकाे हाे । सामग्रीहरुमा मास्क ३०० पिस, ५ थान सेनिटाईजर र ३ हजार ट्यावलेट सिटामाेल रहेका छन ।

सामग्री ग्रहण गर्द मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरित उपाध्यायले कर्मचारीका लागि भनेर सामग्री उपलब्ध गराएकाेमा धन्यवाद ब्यक्त गर्नुभयाे ।

प्राप्त सामग्री कर्मचारी संगै सेवाग्राहीकाे लागि उपयाेग गरिने उहाकाे भनाइ छ । सामग्री हस्तान्तरण कार्यक्रममा एमाले नगर कमिटी ईञ्चार्ज नयन साेडारिले नेकपा एमाले जिल्ला कमिटीकाे तर्फबाट जिल्लाका सबै पालिकालाई सामग्री हस्तान्तरण गर्ने याेजना अनुरुप सामग्री उपलब्ध गराईएकाे बताउनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारि, स्वास्थ्य शाखा प्रमुख मान बहादुर साेडारि, नेकपा एमालेका जिल्ला कमिटी सदस्य बम बहादुर रावल, नगरपालिकाका स्टाेरकिपर नरेश बहादुर कठायत, एम आई एस अपरेटर हाेम साउद, दिपक रावल लगायत नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

सामग्री हस्तान्तरण कार्यक्रमकाे सञ्चालन नेकपा एमाले मंगलसेन नगरकमिटि अध्यक्ष पूर्ण बहादुर रानाले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button