
अछाम : कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा थप ७ दिन लम्बिने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र अछामको सिफारीस र जिल्ला सुरक्षा समितीको आइतबार आज बसेको बैठकले थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
जेष्ठ ३१ गते राति १२ बजेदेखि लागु हुनेगरि आसार ७ गतेसम्म निशेधाज्ञय लम्ब्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले बताउनुभयो ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्नुका साथै भारतबाट आउनेहरु नघटेका र संक्रमण दरपनि नघटेकाले निषेधाज्ञा लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी मल्लले बताउनुभयो ।
निषेधाज्ञा अवधिभर पुर्वनिर्धारीत आदेशहरु नै पालना गर्नुपर्नेछ ।

