अछाममा निरन्तर बर्षा कैलाशखोला, बुढिगंगा नदिको बाहव बढयो, सतर्कता अपनाउन प्रशासनको आग्रह


कमल रावल, जेठ ३१ अछाम
देशभर जस्तै अछाम जिल्लामा पनी मनसुन भित्रिय पछि यस्तो बेला प्रशासनले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्लामा निरन्तर रुपमा २ दिन देखि अबिरल बर्षा भईरहेकाले कैलाश खोला, बुढिगंगा, र कर्णाली नदिमा पानीको बहाव उच्च र जोखिमयुक्त रहेकाले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको हो ।


जिल्लामा विपदको बेला हुने घट्ना तथा गाउ ठाउको अबस्थाको बारेमा विभिन्न निकायसँग प्रत्यक्ष समन्वय तथा सम्पर्क भईरहेको समेत सहायक प्रमुख जिल्ला अधिकारी रंञ्जन प्रसाद तिमिल्सैनाद्धारा जारी गरिएको सुचनामा भनिएको छ ।


अछामका कुनै पनी स्थानमा केही समस्यामा देखिएमा तत्काल, जिल्ला प्रशासन, जिल्ला प्रहरी, नजिकको स्थानिय सरकार, संञ्चार माध्यामलाई जानकारी गराउन समेत आग्रह गरिएको छ ।


यतिबेलाको नियमीत बर्षाले रामारोशनको कैलाश खोला आसपास, बुढिगंगाको साँफेबगर आसपास र पूर्वी अछामको ताली, पुल्लेतोलाका केही गाउँ उच्च जोखिममा रहेका छन । मौसम विज्ञान विभागका अनुसार अझै केही दिन नै भीषण वर्षा हुने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button