अन्य स्थानीय तहको तुलनामा साँफेबगर नगरको वजेट वडामा प्रयाप्त : नगर प्रमुख कुँवर

अछाम : साँफेबगर नगरपालिकाले आगामि आर्थिक वर्ष ०७८÷०७९ मा वडामा कम बजेट विनियोजित गर्नुको कारण सार्वजनिक गरेको छ । नगर प्रमुख कुलबहादुर कुँवरले विहिवार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आगामि आर्थिक वर्ष नगरमा सञ्चालित अधुरा योजना पुरा गर्नुपर्ने र ७८ वटा बाल विकास केन्द्रका शिक्षक, विद्यालयका कर्मचारीको लागि वजेटको व्यवस्था गर्नु पर्ने भएका कारण चालु आर्थिक वर्षको भन्दा आगामि आर्थिक वर्षका कम वजेट तोएिएको भएको उल्लेख गरिएको छ ।

तर जिल्लाको साँफेबगर नगरपालिकाले आफ्नो नगरका वडाको बजेट कम नभएको दावी गरेको छ । देशका ७ सय ५३ र अछामका सबै पालिका संग तुलना गर्दा साँफेबगरबाट वडाका लागि तोएिको बजेट कम नभएको नगर प्रमुख कुँवरले दावि गर्नुभएको छ ।

नगरपालिकाका गौरवका योजना सुदूर लक्षित प्राविधिक शिक्षालय, जनता वहुमुखी क्याम्पस र त्रिपुरा सुन्दरी क्याम्पसका अधुरो भवन निर्माणको लागि ठूलो वजेट आवश्यक र ७८ वटा बाल विकास केन्द्रका शिक्षक, विद्यालयका कर्मचारीको लागि १ करोड ३६ लाख ५ हजारको वजेट नगरपालिकाले व्यवस्थापन गर्नु पर्ने भएका कारण चालु आर्थिक वर्षर्का भन्दा आगामि आर्थिक वर्षमा कम वजेट तोकिएको जानकारी दिनुभएको छ ।

यस्तै उहाँले ७८ वटा बाल विकास केन्द्रका शिक्षक, विद्यालयका कर्मचारीको लागि संघीय सरकारले व्यवस्थापन गरेर पछि थप वजेट विनियोजित हुने बताउनुभयो ।

साँफेबगर नगरपालिका आगामी आर्थिक वर्ष ०७८÷०७९ मा वडा नं. १ वैजनाथमा १८ लाख, वडा नं.२ जाल्पादेविमा २३ लाख, वडा नं.३ शिद्देश्वरमा ३० लाख, वडा नं.४ मष्टमान्डौंमा २७ लाख, वडा नं.५ नवाठानामा २१ लख, वडा नं. ६ भाग्यश्वरमा १७ लाख, वडा नं.७ रिडिकोटमा १९ लाख वजेट तोकिएको छ ।

यस्तै वडा नं.८ चण्डिकामा २२ लाख, वडा नं.९ वुढाकोटमा २४ लाख, वडा नं.१० घुघुरकोटमा २६ लाख, वडा नं.११ देविस्थानमा २३ लाख, वडा नं.१२ खप्तडमा २० लाख, वडा नं. १३ बाब्लामा २५ लाख र वडा नं.१४ पातलकोटमा २५ लाख वजेट तोकिएको साँफेबगर नगरपालिकाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

संघिय सरकारले ७८ वटा बाल विकास केन्द्रका शिक्षक, विद्यालयका कर्मचारीको लागि १५ हजार तोकेको भएपनि वाँकी ७ हजार नगरपालिकाले व्यवस्था गर्नुपर्ने भएका कारण वडाको वजेट कतौति भएको नगर प्रमुख कुँवरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै साँफेबगर नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित केही वडा अध्यक्षले आफ्नो वडाको बजेट कम भएको भन्दै असहमति जनाएका छन् । उनिहरुले गत बर्षको तुलनामा यस बर्ष झन् बढी बजेट हुनुपर्नेमा कम तोकिएको भन्दै विरोध जनाएका हुन् ।

यस्तै नगर प्रमुख कुँवरद्धारा जारी गरिएको विज्ञप्तिमा संघिय सरकारसँग १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोपकोे व्यवस्थापन गर्न माग गरिएको छ ।

यदी नेपाल सरकारले खोप लगाउन वजारमा खोप किन्ने सकिने व्यवस्था गरेमा नगरपालिकाले आफै खोप खरिद गरेर नागरिकलाई लगाउने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।

पछिल्लो समयमा अत्यधिक वर्षका कारण देशका विभिन्न ठाउँमा धनजनको क्षेति भएको बताउँदै नगर प्रमुख कुँवरले सम्पूर्ण नागरिकमा उक्त जोखिमबाट जोगिन र सर्तक रहन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button