मंगलसेनका १४ वडाका २१३ गर्भवती आमाले गाउमै भिडियो एक्स–रे सेवा पाए

कमल रावल, असार ४ अछाम मंगलसेन नगरपालिकाले गर्भवती आमाहरुका लागि ग्रामिण भिडियो एक्स–रे सेवा नगरका १४ वटै वडामा प्रदान गरेको छ ।

२०७८ बैशाख १७ गतेबाट संञ्चालन गरि कतिपय ठाउमा प्रत्येक वडा कतिपय साबिकका गाबिसका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मिको टोलि नै पुगेर एक्स–रे सेवा प्रदान गरिएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा मार्फत प्रदान गरिएको सेवा मार्फत नगरका २ सय १३ जना गर्भवती आमाहरुले भिडियो एक्स–रे सेवा पाएका छन ।

जसमा वडा नम्बर १ मा २१ जना, २ मा ३, ३ मा १५, ४ मा ७, ५ मा ११, ६ मा १०, ७ मा २५, ८ मा १६, ९ मा १०, १० मा ८, ११ मा १०, १२, मा २४, १३ मा २९ र वडा नम्बर १४ मा २४ जना महीलाले सेवा लिएका छन । तंथ्याक अनुसार २० बर्ष भन्दा कम उमेरमा गर्भवती हुने महिलाको संख्या समेत ३३ जना रहेको छ ।

जुन २० बर्ष मुनीको उमेरमा बिवाह गर्नु बाल विवाह मानिन्छ, २० भन्दा कम उमेरमै आमा बन्दा शारिरीक समस्या समेत हुने गर्दछ । जम्मा २ सय १३ जना भिडियो एक्स–रे गर्दा १३ जना महिलाको अबस्था जटिल रहेको बताईएको छ ।

उनिहरुलाई आवश्यक परामर्श सहीत स्वास्थ्यमा ख्याल गर्न आग्रह गरिएको स्वास्थ्य शाखा सिनियर अनमी ज्ञानु माझिले बताउनु भयो । नगरपालिका मार्फत प्रत्येक वडा वडामा सेवा पुरयाएर भिडियो एक्स–रे गरिएपछी महिला दिदि वहीनी खुशि भएका जन स्वास्थ्य निरिक्षक चन्द्र प्रसाद ढुगाँनाले बताउनु भयो ।

नगरका दुर्गम वडा बस्ती तथा कालागाउबाट गाडीको मंहगो भाडा तिरेर जिल्ला अस्पतालमा आएर भिडियो एक्स–रे गर्ने सेवा गाउमै गरिएपछी सबै खुशी भएका उहाँले बताउनु भयो । आगामी आर्थिक बर्षमा समेत यसलाई निरन्तरता दिनु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker