थप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि, निको हुने दर बढ्दो

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

गएको २४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोनालाई जितेका छन् । यस्तै यो अवधिमा २ हजार ४ सय १ जनालाई संक्रमण भएको पुष्टि भएको छ । सात हजार १० जनाको पीसीआरबाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोनाका कारण थप ३४ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button