सागरको उपचारका लागि भारत महाराष्ट्र राज्यको अम्बरनाथबाट ३६ हजार बढी संकलन

कमल रावल, असार ५ अछाम जंगली जनावर बदेलको आक्रमणबाट गम्भीर घाईते भएका सागर रावलको उपचारका लागि भारतबाट नेपाली दाजुभाईले आर्थिक रकम संकलन गरेर पठाएका छन । मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासि रावल बदेलको आक्रमण पछी गम्भीर घाईते भएपछी काठमाण्डौँमा उपचार जारी रहेको छ ।

आर्थिक अबस्था कमजोर रहेकाले सामाजिक संजाल मार्फत आर्थिक रकम संकलन अभियान थालिएको थियो । बिशेष मंगलसेन नगरपालिका वडा नम्बर ८ र ९ तथा अन्य ब्यक्तिबाट ३६ हजार ४ सय रकम संकलन गरिएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ८ ज्ञानेगौणि घर भई हाल भारतको महाराष्ट्र राज्यको अम्बरनाथमा काम गर्दै आएका नेत्र बहादुर नेगि, वडा नम्बर ९ का पुरन रावल, एकेन्द्र रावल र नवराज रावलको विशेष पहलमा अभियान थालिएपछी सो रकम संकलीत भएको हो ।

संकलन भएको रकम आजै उहाँको उपचारमा सहयोगका लागी सामाजिक संञ्जाल अभियान चलाएका पत्रकार कमल रावललको खातामा आजै पठाई सकिएको छ ।

सागर रावलको बचाउन अभियान हालसम्म देश तथा विदेशमा रहेको थुप्रै नेपालीले सहयोग गरिसकेको छन । सागर रावल बचाउन अभियानमा सहयोग गर्ने दाताका नामावली यसप्रकार रहेको छ ।

सागर रावल बचाउन अभियानमा सहयोग गर्ने दाताका नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button