मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम अडियो सहित

कमल रावल, असार ७ अछाम मंगलसेन नगरपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । “नगर बिकासको आधार, कृषि पर्यटन र पुर्वाधार” भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रलाई पहीलो प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । कोरोना महामारीलाई रोकथाम, नियन्त्रण, उपचार सहीत ब्याबस्थापनका लागि स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिन क्षेत्रमा आवश्यक जनशक्ति, भौतिक पुर्वाधारलाई ध्यान दिने नगर प्रमुख पदम बहादुर बोहराद्धारा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा भनिएको छ ।

नगर प्रमुख पदम बहादुर बोहराद्धारा प्रस्तुत गरिएको निति तथा कार्यक्रम प्रस्तुत

नगर प्रमुख बोहराले नेपालको बिकास १५ औँ योजना अनुसार दिगो बिकास लक्ष्य हासिल सहीत प्रदेश सरकार आवाधिक योजना तथा कार्यक्रमलाई मध्येनजर गर्दै निति तथा कार्यक्रम बनाईएको बताउनु भयो । विगतका निति तथा कार्यक्रमलाई ध्यानमा राख्दै नगरको आवश्यकता पुर्ति गर्नका लागि स्वास्थ्य, कृषि, पर्यटन, उद्योग जलस्रोत र पुर्वाधार जस्ता क्षेत्रलाई प्राथमिकता राखेको बताउनु भयो ।

गौरबका आयोजनाका क्षेत्रमा निति तथा कार्यक्रम नरहेपनी गत आर्थिक बर्ष २०७७÷०७८ का अंधिकाश बुदालाई टेकेर निति तथा कार्यक्रम प्रस्तुत भएको थियो । निति तथा कार्यक्रम प्रस्तुत पछी नगरको बजेट आगामि असार १० गते सावर्जनिक गरिने प्रमुख बोहराले बताउनु भयो । निति तथा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी राखेर कार्यान्वयनमा जहीले पनी नगरपालिका प्रतिबद्ध भएर अघि बढने बताउनु भयो । कोरोना माहामारीको चुनौतीका बिचमा ल्याएको निति तथा कार्यक्रमको पुर्ण रुपमा कार्यान्वयनका लागि सबैले साथ दिनुपर्नेमा नगर प्रमुख बोहराको जोड रहेको थियो ।

नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, संञ्चारकर्मिको सहभागिता रहेको निति तथा कार्यक्रम प्रस्तुत कार्यक्रमको संञ्चालन प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नु भएको थियो ।

वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ज्युहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button