स्टर्लिङको निर्णायक गोलले इंग्ल्याण्ड समूह विजेता

काठमाण्डाै – युरोकप फुटबलमा इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोलले हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो ।

इंग्ल्याण्डलाई जित दिलाउन रहिम स्टर्लिङले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै समूह डी को इंग्ल्याण्डले अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ३ खेलमा ७ अंक जोड्यो । समूहको तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको छ ।

उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button