
जिल्ला अस्पताललाई एमाले र अनेम संघद्वारा स्वास्थ्य सामग्री सहयोग (अडियो सहित)
टेकराज भण्डारी, असार ९, अछाम
जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेकपा एमाले अछाम र अखिल नेपाल महिला संघ अछामले औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना महामारीको समयमा जिल्ला अस्पताल अछामलाई आवश्यक रहेका विभिन्न स्वास्थ्इ सामग्री प्रदान गरिएको हो ।
जिल्ला अस्पताल स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल, अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनाली बास्कोटा मार्फत स्वास्थ्य सामग्री प्रदान गरिएको हो । नेकपा अछामका कार्यालय सचिव नमराज न्यौपाने तथा अनेमसंघका अध्यक्ष बिन्दु रावलले स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो । ५ थान पीपीई सेट, ७ हजार सटिामोल, १५ सर्जिकल मास्क, ५ डिब्बा सेनिटाईजर लगायतका सामग्री प्रदान गरिएका हुन् ।
सुदूरपशिचम प्रदेश समाजिक विकास राज्यमन्त्री मना साउदको सहयोग तथा अनेमसंघको अगुवाईमा तथा नेकपा एमाले अछामको सहयोगमा सामग्री प्रदान गरिएको अनेमसंघका अध्यक्ष रावलले बताउनु भयो ।
पछिल्लो समय कोरोना महामारीको दोस्रो लह फैलिएसंगै विभिन्न सहयोगी निकायबाट स्वास्थ्य सामग्री प्रदान गर्ने कार्य भैरहेको छ । आफ्नो पार्टीले जिल्ला अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको एमाले कार्यालय सचिव न्यौपानेको भनाई छ ।
महामारीको समयमा विभिन्न सहयोगी निकायबाट भएको स्वास्थ्य सामग्री सहयोगले अस्पताल व्यवस्थापन तथा बिरामीको उपचारमा निकै सहयोग पुगेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनाली बास्कोटाको धारणा छ ।
कोरोना संक्रमित विरामीको उपचार तथा अन्य बिरामी एवं स्वास्थ्यकर्मीको सुरक्षाका लागि विभिन्न सामग्री सहयोग भएको र यसबाट सेवा प्रबाहमा सहयोग पुगेको अस्पतालले जनाएको छ । अस्पताल तथा राज्य एक्लैले केही गर्न नसक्ने तथा सबैको सहयोगले निकै राहत पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालको भनाई छ ।
विभिन्न सहयोगी निकायले अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिण्डर, पीपीई सेट, मास्क, स्यानिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेका जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगरले बताउनु भयो ।