साँफेबगर नगरपालिका वडा नम्बर ४ का काेरोनाभाईरसबाट प्रभावित २० घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण

कमल रावल असार १० अछाम साँफेबगर नगरपालिका वडा नम्बर ४ का काेरोनाभाईरसबाट प्रभावित अति जोखिममा रहेका २० घरपरिवारलाई दैनिक उपभोग्य (खाद्य) सामाग्री वितरण गरिएको छ । वाक नेपाल र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जीविको पार्जन तथा पोषण परियोजना अन्तर्गत २० घर परिवारलाई सहयोग गरिएको हो । 

प्रति परिवार ३० के.जी चामल, ३ के.जी दाल, २ के.जी चिनी, २ पोका नुन, २ लिटर तेल र ४ पिस साबुन गरी कुल जम्मा ३ हजार १ सय ६ रुपैया गरि २० घरपरिवारलाई जम्मा ६२ हजार ३ सय २० रुपैयाँ बराबरको सामग्री बितरण गरिएको हो । 

वाक नेपालका अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालगिरी कुवर प्रमुख अतिथि रहनु भएको थियाे । वाक नेपाल र वर्ल्ड भिजनले साँफेबगर नगरपालिकाको समन्वयमा विकास कार्य लगाएत मानविय कार्यमा निरन्तर रुपमा सहयोग गर्दै आएकोमा वाक नेपाल र वर्ल्ड भिजनलाई धन्यवाद दिनु भएको थियो ।

 लाभग्राहीहरु छनौट गर्दा वाक नेपालले तयार पारेको मामपदण्डको अधारमा गरिएको र यसमा कुनै किसिमको वडा कार्यालयले पुर्वाग्रह नगरेको कुरा समेत उल्लेख गर्नु भयो । कार्यक्रममा बोल्दै वाक नेपालका अध्यक्ष कुवरले वाक नेपालले संचालन गर्ने हरेक क्रियाकलापमा पारदर्शिता र जवाफदेहितालाई प्रमुख प्राथमिकता दिने गरेको र यसका लागि हरेक कार्यक्रममा टोल फ्रि नं. टास गर्ने, सुुझाव पेटिका राख्ने गरेको कुरा बताउनु भयो ।

 वाक नेपालले संचालन गर्ने हरेक गतिबिधिहरु स्थानीय सरकारसंगको समन्वयमा संचालन भैरहेको र स्थानीय सरकारबाट समेत आवश्यक सहयोग प्राप्त भएको कुरा जानकारी गराउनु भयो । दैनिक उपभोग्य (खाद्य) समाग्री वितरण कार्यक्रम अन्तर्गत मेल्लेख गाउँपालिकामा १८० परिवार, पञ्चदेवल बिनायक नगरपालिकामा १२० परिवार र कमलबजार नगरपालिकामा ८० परिवार गरि जम्मा ३८० परिवारलाई असार १६ गते भित्र दैनिक उपभोग्य (खाद्य) समाग्री बितरण गरि सक्ने योजना रहेको वाक नेपालका कार्यक्रम संयाेजक दिलिप बोहराले जानकारी दिनु भयो ।

 बितरण कार्यक्रममा वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशी, लेखा अधिकृत इश्वर उपाध्याय, मिल अधिकृत जगत रावल, जीविकोपार्जन अधिकृत धिरज ढुंगाना, सामाजिक परिचालक बिष्णुबुडथापा र सामग्री उपलब्ध गराउने व्यापारी धर्मराज उपाध्यायको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button