मंगलसेन नगरपालिकाले आर्थिक बर्ष २०७८।७९ का लागि ५३ करोड बढी बजेट बिनियोजन (अडियो सहित)

टेकराज भण्डारी, असार १०, अछाम

अछामको मंगलसेन नगरपालिकाले आर्थिक बर्ष २०७८।७९ का लागि ५३ करोड बढी बजेट बिनियोजन गरेको छ । संघीय सरकारको शशर्त अनुदान २६ करोड ७० लाख, प्रदेश सरकार समपुरक अनुदान तर्फ १ करोड १४ लाख ६८ हजार, बिशेष अनुदान ५० लाख, नगरपालिकाद्धारा विनियोजित, गैरसरकारी संस्था गरी ५३ लाख करोड, ५८ लाख, २४ हजार ४ सय २३ रुपैँया विनियोजन गरेको मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्यायले जानकारी गराउनु भयो ।

मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्याय

नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार भन्ने नाराका साथ अछाम बहुमुखी क्याम्पसको हलमा भएको मंगलसेन नगरपालिकाको सातौ नगर सभामा बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख पदम बोहराको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख उपाध्यायले वडातर्फ १४ वटै वडामा ३ करोड ४८ लाख बिनियोजन गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले नगरको विकासका लागि आफुले चुनावमा गरेको बाचा, जनतामाझ गरेको प्रतिबद्धता अनुसार विभिन्न कार्य गरेको बताउनु भयो । पहिलेको तुलनामा नगरमा विकासका कार्यले तीब्रता पाएको, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतमा आफ्नो बलबुताले भ्याएसम्म काम गरेको र जनताले विकासको अनुभव गरेको नगरप्रमुख बोहराको भनाई छ ।

मंगलसेन नगरपालिका नगर प्रमुख पदम बोहरा

नगरले रोजगार, महिला तथा बालबालिका, आर्थिक विकास, कृषि तथा पशु विकास, उद्योग तथा सहकारी, पूर्वाधार, सुशाशन लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

नगरसभामा गत बर्षको प्रमुख उपलब्धि तथा चालु आर्थिक बर्षको वित्तीय प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । नगरसभामा महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न कर्मचारी, जनप्रतिनिधि लगायत १६ जनालाई सम्मान न तथा पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा महिला तथा दलित जनप्रतिनिधि नसमेटिएको भन्दै गुनासो समेत गरेका छन् ।

कार्यक्रममाविभिन्न विषयगत समिति सदस्य, वडा अध्यक्ष, वडा सदस्य, नगर सदस्य सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशाशकीय अधिकृत खकेन्द्र सोडारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button