जिल्ला अस्पताल अछामलाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण

कमल रावल, असार ११ अछाम बिपि युवा नेतृत्व बिकास मञ्च अछामले जिल्ला अस्पताल अछामलाई अक्सिजन सिलिन्डर सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । समाजसेवी बिनय रावलको समन्वयमा रोटरी क्लब मध्य बानेश्वर काठमाडौले सहयोग गरेको अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

संकटको बेलामा अछाम जिल्लामा सहयोग गर्नुपर्छ भन्ने अभियानका साथ जिल्ला अस्पताल अछाममा अक्सिजन ठुलो १२ थान, सानो ४ गरि १६ थान, अक्सिजन कन्सनटेटर २ थान, पिपिईसेट ३० थान, ग्लोब्स २० थान सहीत अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बिपि युवा नेतृत्व बिकास मञ्च अछामका अध्यक्ष तथा नेवि संघ अछामका पुर्व सचिव दिनेश कुमार स्वारले बताउनु भयो ।

उपलब्ध सामाग्री जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले अस्पताल बिकास समितीका अध्यक्ष प्रभुनाथ खनाल र कार्यालय प्रमुख डाक्टर सोनाली बास्कोटालाई हस्तान्तरण गर्नु भएको थियो ।

समस्या भईरहेका बेला स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा अस्पताल बिकास समितीका अध्यक्ष खनालले धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल, अन्य सरोकारवाला, स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन बिपि युवा नेतृत्व बिकास मञ्च अछामका प्रबक्ता रमेश कुवरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button